काठमाडौं
प्रतिनिधिसभाबाट पहिलो पटक मत विभाजन प्रक्रिया (मतदान) बाट बजेट पारित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार सभामुख देवराज घिमिरेले मत विभाजन प्रक्रिया गराएका हुन्।
उनले ध्वनि मतका आधारमा बजेट पारित भएको घोषणा गरिसकेका थिए तर एमाले सचेतक महेश बर्तौलाले मथ विभाजनको माग राखेपछि मतदानको प्रक्रियामा गएको हो।
जानकारहरुका अनुसार मतदान गरेर बजेट पास भएको २०४७ सालपछि यो पहिलो पटक हो।
यसअघिका वर्षहरूमा ध्वनि मतका आधारमा बजेट पारित हुने गरेको थियो। यसपालिको बजेटलाई लिएर सत्तारुढ दलहरु नै असन्तुष्ट थिए।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे