July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राजस्व र करको भरमा मात्रै देश चल्न सक्दैन : सांसद सुवाल

 

बुधबार १३ असार, २०८०

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजस्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा आर्थिक विधेयक ०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

मुलुकमा अब प्रगतिशील कर प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनलेसरकारको राजस्वको स्रोत सवारी आयात, मदिरा आयात, मदिरा उत्पादनमा अन्तशुल्क, जग्गा निजी प्लटिङमा रजिस्टेसन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो नभएको बताए ।

सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताए । एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक भए पनि देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै रहेको उनको भनाइ छ ।

आयकर ९४ करोड मात्रै हुनु प्रगतिशील कर प्रणाली नहुँदाको परिणाम भएको उनले बताए ।