१३ असार, बुटवल ।
रुपन्देहीको तिलोत्तमा-८ का विमलकुमार श्रेष्ठ गाउँकै शिवपुरमा चामल र पशु दानाको पसल चलाउँदै आएका छन् । उनको पसलमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बजार प्रतिनिधि सदस्य बन्न अनुरोध गर्दै दिनको एकपल्ट आउँथे । श्रेष्ठले ३-४ पटक सदस्य बन्दिनँ भनेर फर्काइदिए । तर पनि सहकारीका कर्मचारी धाउन छाडेनन् । उनले सहकारीको बुटवलको योगीकुटीमा ठूलो डिपार्टमेन्ट स्टोर र मणिग्राममा खाद्यान्नको डिलर छ, सहकारीको सदस्य बनेपछि दुबै ठाउँबाट सामान खरिदमा छुट हुन्छ भनेर लोभ्याए ।
श्रेष्ठले बुटवल उपमहानगरपालिका-१०, योगीकुटीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको कार्यालय, सोही भवनमा रहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलरसम्म पुगेर सोधपुछ गरे । त्यो शिवशिखरकै रहेको थाहा पाएपछि विश्वास लाग्यो र सहकारीको सदस्य भए । ‘आफ्नो पसल पनि भएकाले चामल खरिदमा छुट होला भनेर सदस्य बनेको हुँ,’ श्रेष्ठले भने, ‘त्यतिबेला सहकारीमा समस्या पनि देखिएको थिएन, डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलर पनि सहकारी सञ्चालककै हो भन्ने थाहा पाएपछि विश्वास लागेर बचत गर्न थालेको हुँ ।’
More Stories
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ