May 24, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

ललिता निवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसहित चार जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

 

काठमाडौं ।

काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चार जना आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न ‍‍‍अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई ७ दिन हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।

मंगलबार गुरुङसहित पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की, धर्मप्रसाद गौतमसहित ७ जनालाई पक्राउ गरेको थियो । तीन जना भने मंगलबारै अदालतको स्टे अर्डरसँगै रिहा भएका थिए ।