मंगलबार, असार १२, २०८०
साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले सान्त्वना जित हात पारेको छ ।
मंगलबार बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा पाकिस्तानलाई १-० गोलअन्तरले पराजित गर्दै नेपालले सान्त्वना जित हात पारेको हो । नेपालको जितमा आशिष चौधरीले गरेको गोल नै निर्णायक बन्यो ।
चौधरीको राष्ट्रिय टिमबाट यो डेब्यु गोल हो । कुवेत र भारतसँग पराजित भएपछि नेपाल र पाकिस्तान दुवै टोली समूह चरणबाट बाहिरिसकेका छन् । नेपाललाई सान्त्वना जित दिलाउन चौधरीले खेलको ८० औँ मिनेटमा निर्णायक गोल गरे । चौधरीले लकेन लिम्बुको पासमा गोल गरेका हुन् ।
यसअघि चौधरी खेलको ४६औँ मिनेटमा आभास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका थिए । समूह चरणबाट बाहिरिसकेको नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको थियो ।
More Stories
एनआरएन फुटबलको उपाधि ग्रानभिललाई
इमर्जिङ नेसन्स कप क्रिकेटको लागि नेपाली टिमको घोषणा
बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा