राम प्रबेश बैठा १९ गते पुस रौतहट
विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि रौतहट जिल्लाको कटहरिया नगरपालिका मा मंगलवार देखि पाँच दिनका लागि सबै सामुदायिक विद्यालयमा बिदा दिइएको छ ।
नगरपालिका प्रसासकिय अधिकृत राम प्रकाश साहले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस २० देखि २५ गते सम्मको लागि नगर पालिका भित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । वर्षे बिदाबाट कटौती हुनेगरी नगर भरिका विद्यालयमा बिदा दिइएको प्रसासकिय प्रमुख साहले बताए ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय