July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

श्री राम सुगर मिल लगायतका ५ मिल तराईका बैंक ले जग्गा रोक्का गर्ने तयारी

पौष २० ,रौतहट
किसानलाई उखुको पैसा नतिर्ने रौतहट जिल्लाको मध्यभागमा अवस्थित रहेको श्रीराम सुगर मिल्स सहित ५ वटा उद्योगको जग्गा र बैंक खाता रोक्का गर्न पत्राचार गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिमा मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश कुमार भट्टराईले यस्तो जानकारी दिएका हुन् । मन्त्रालयले रौतहटको श्रीराम सुगर मिल्स ,हिमालय, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा चिनी मिलको बैंक खाता र जग्गा रोक्का गर्नका लागि भूमी व्यवस्था, गृह र अर्थ मन्त्रालयमा लेखी पठाएको वाणिज्य सचिव भट्टराईले बताए ।‘५ वटा मिलले उखु किसानलाई ८ करोड ७० लाखभन्दा बढी रुपैयाँ भुक्तानी गर्न बाँकी रहेछ, ।

रौतहट जिल्लाको धरोहरको रुपमा रहेको श्री राम सुगर चिनि मिल्स रौतहटले अहिलेसम्म मात्र किसानको ३ करोड १४ लाख रुपैँया दिन बाकी राखेको छ ।उनीहरुलाई भुक्तानीमा प्रतिबद्ध गराउन हामीले काम गरिरहेका छौं,’ सचिव भट्टराईले भने । उखुको मूल्य निर्धारण गर्ने समय भएको बताउँदै उनले उखुमा देखिएको समस्याले उत्पादन घट्दै गएको बताए ।किसान प्रताडित हुँदै जाँदा आत्मनिर्भर हुँदै गएको खेती परनिर्भरतातर्फ धकेलिएको र उद्योग संख्या पनि २९ बाट घटेर ८ वटामा झरेको सचिव भट्टराईले बताए ।छलफलमा राजश्व सचिव कृष्णहरी पुस्करले चिनीमा लगाइने भ्याट हटाउन विगतदेखि नै छलफल भइरहे पनि तत्काल निर्णय भने गर्न नसकिएको बताए । किसानले बिगत पाँच बर्ष अघि दिएको उखु किसानको पैँसा अहिलेसम्म नदिएको कारण अहिले पनि आन्दोलन गर्दै आईरहेको छ ।पुस महिनाभित्रै सबै रकम भुक्तानी नभए माघबाट पुनः आन्दोलनको तयारी गर्ने किसानहरुले चेतावनी दिएका छन ।