July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

फतुवाबिजयपुर न. पा. मा मेयरकै गाउँको सडकमा हिलाम्मे भएपछि स्थानीयले गरे प्रदर्शन

रामप्रवेश बैठा,राैतहट,पुस १६ गते
राैतहट जिल्लाकाे फतुवाबिजयपुर नगरपालिकाकाे मेयर गाेपाल राय यादवकाे गाउँमा स्थानीयहरूले सडक जाम गरि प्रदर्शन गरेका छन् । साे नगरपालिकाकाे वडा नम्बर २ सितलपुर बैरगनियामा सडक हिलाम्मे भएपछि गाउँवासीहरू आक्राेसित भएका हुन् । स्थानीय सरकारकाे कार्यकाल सकिनै लाग्दा बाटाे सुधार नभएपछि शुक्रबार स्थानीयहरूले सडक अवरुद्ध गरि हंगामा गरेका थिए । वडाप्रत्यासी शेरबहादुर पटेलकाे नेतृत्वमा स्थानीयहरूले चक्काजाम गरि नाराबाजी गरेका थिए ।
सडक जाम भएपछि सितलपुर बैरगनिया सडक खण्ड केही बेर जाम भएको थियाे । सडक जाम भएको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय फतुवाबिजयपुर र वडाध्यक्ष भविक्षण यादव त्यहाँ पुगि तीन दिन भित्र बाटाे सुधार गराउने आसवासन दिएपछि सडक अवरुद्ध हटेकाे थियाे ।
बैरगनिया निवासी शेरबहादुर पटेलकाे घर देखि विरेन्द्र पटेलकाे घरसम्म गएकाे एकदिन वर्षा भएपछि सडक हिलाम्मे नै भएको छ । उक्त बाटाे भएर आउने जाने यात्रुहरू दुर्घटनाकाे सिकार बनिरहेको देखेपछि स्थानीयहरू आक्राेसित बनेका हुन् । कराेडाैंकाे बजेट चलाउने नगरप्रमुख गाेपाल राय यादवले आफनै गाउँलाई बेवास्ता गरेपछि गाउँलेहरूले स्थानीय सरकार मुर्दाबाद,निकम्मा मेयर मुर्दावाद जस्ता नारा लगाएका थिए ।
वडाध्यक्ष भविक्षण यादवकाे पनि चरम लापरबाही देखिएकाे भन्दै वडाध्यक्ष विरूद्व खनिएका थिए । दुई चार ट्रेलर ग्रेभल राखेर सुचारू गर्न सक्ने बाटाे चार वर्षमा पनि सुधार नभएपछि स्थानियहरू आजित भएर बाटाे अवरुद्ध गरेका थिए । तीन दिनमा बाटाे सुचारु भएन भने कडा रूपमा आन्दोलन गरिने स्थानीयहरूले चेतावनी दिएका छन् ।