काठमाडौं ।
हेटौंडा लगायतका क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । सोमबार दिउँसोदेखि उक्त क्षेत्रमा टेलिकमको मोबाइल लगायतको दूरसञ्चार सेवा ठप्प भएको हो ।
कम्पनीका सहप्रवक्ता परमात्मा भट्टराईले हेटौंडामा विद्युत प्राधिकरण र नेपाल टेलिकमको कार्यालय जोड्ने फाइबर चुँडिएका कारण सेवामा समस्या आएको अपुष्ट जानकारी प्राप्त भएको बताए । “हामी समस्याको बारेमा बुझ्ने प्रयासमै छौं,” उनले भने ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे