दोलखा —
जिल्लाको कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले आफ्नो छोरा निरबहादुरको सहकारी भवन निर्माण गर्न भन्दै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि विरोध भएको छ ।
बुढाथोकी आवद्ध कौशिक खप्तरी साना किसान कृषि सहकारीको भवनका लागि नियमविपरित ७ लाख रकम बजेट विनियोजन गरिएको छ । पालिकाका अध्यक्ष प्रत्यासी गणेश शिवाकोटीले स्थानीय जनताको आवश्यकता नहेरी आफ्ना सन्तान भएका संस्थामा बजेट खन्याउने परिपाटीले जनप्रतिनिधि विकासमा जिम्मेवार नभएको पुष्टि हुने बताए । सामाजिक सञ्जालमार्फत धेरैले सो कार्यको व्यापक विरोध जनाएका छन् ।
सहकारीको भवन निर्माणमा सरकारी बजेट विनियोजन गर्न नपाइने भएपनि उनले नियम विपरित भवन शिर्षकमा बजेट विनियोजन गरेको पाइएको छ । सहकारीलाई अन्य शिर्षकमा बजेट विनियोजन गरेर साझेदारी कार्यक्रम संचालन गर्न भने पाइन्छ । तर सहकारीको भवनका लागि नभई चिस्यान केन्द्र निर्माणका बजेट विनियोजन भएको उनले दाबी गरे । ‘विरोध गर्नेहरुले छोराको सहकारीमा बजेट हाल्यो भनेका छन्,’ उनले भने, ‘कृषि सहकारी मार्फत् दूध संकलन केन्द्रका लागि हो ।’ बजेटमा लेखिएको शब्दमा भवन मात्रै भएकाले विरोध भएको उनले बताए ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे