September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

शक्तिशाली आयोग बनाएर चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गरौँः अर्जुननरसिंह केसी

 

काठमाडौँ – 

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन शक्ति सम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नुपर्ने बताएका हुन्।

उनले भ्रष्टाचारको छानबिन कुन मितिदेखिको गर्ने भन्ने विषयमा सर्वदलीय सहमति बनाएर छानबिन प्रारम्भ हुनुपर्ने बताए। पछिल्लो समयको भ्रष्टाचार काण्डहरुको भने छानबिन गरिहाल्नुपर्ने उनको भनाइ थियो।

उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गर्नुपर्ने बताए।

उनले भने, ‘म प्रधानमन्त्रीलाई के भन्छु भने समयसीमा कति सालदेखि कसका सम्पत्ति जाँचबुझ गर्ने त्यो समयसीमा सबैको सल्लाह गरेर राखियोस्। तर, यो देशमा चर्चित भएका ८/१० वटा भ्रष्टाचार काण्डहरु, जुन काण्डमा प्रतिपक्ष हुँदा देशभरी ठूलठूला भाषण गरेर त्यसको विरोधमा बोल्दाखेरी धेरै ताली लिए।