December 8, 2023

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

 

काठमाडौँ- 

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका घर भएका ४५ वर्षीय प्रभुराम सिलवाल रहेको प्रहरीले जनाएको छ ।

सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।