राम प्रबेश बैठा ,रौतहट,जेठ २२ गते
रौतहटको गरूडा नगरपालिकामा रहेको एक बिधालयमा कक्षा थप गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ७ मा रहेको श्री प्राथमिक बिधालय भिमडाबरमा कक्षा थपिएको प्रधानाध्यापक रिंकु यादवले जानकारी गराएकि हुन् ।
बर्षाैंदेखि कक्षा ४ सम्म मात्र पढाई हुने सो बिधालयमा कक्षा थप भएसँगै अबदेखि कक्षा ५ सम्मको पढाइ हुने भएको छ । बि.स.२०६६ सालमा स्थापना भएको सो बिधालयमा कक्षा ४ सम्म मात्र पढाइ हुँदै आएको थियो । पछिल्लो स्थानीय सरकारले पनि कक्षा थप गर्न सकेको थिएन् ।
नगर प्रमुखमा कन्थमनी जयसवाल निर्वाचित भएपछि उनले सो बिधालयमा कक्षा थप सञ्चालनको लागि अनुमती प्रदान गर्दै आज उद्वघाटन गरि कक्षा सञ्चालनमा ल्याएका हुन् । मेयर जयसवालले आफनो नगरभरि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।
उनले यस अघि पनि केही बिधालय लाई यसरी नै कक्षा थपको लागि अनुमति प्रदान गर्दै सञ्चालनमा ल्याईसकेका हुन् । ती बिधालयहरूमा थप कक्षाको व्यवस्था भए सँगै ५ कक्षा पढनको लागी अन्य बिधालयमा जानु पर्ने बाध्यता हटेको छ । यसरी कक्षा थप गरि सञ्चालन गर्न सहयोग गरिदिनु भएकोमा नगरप्रमुख जयसवाललाई बिधालयका अभिभावक,बिधार्थी र बिधालय परिवारले धन्यवाद ज्ञापन गरेका हुन् ।
सो अवसरमा मेयर जयसवाल सँगै शिक्षा सह संयोजक शेख चाँद अलि लगायतका व्यक्तिहरूको सहभागीता रहेको थियो ।
More Stories
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न
असफल र असक्षम ओली सरकार विघटन हुन्छ – प्रभु साह