July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा बिजयपुरमा मर्यादपुर देखि शितलपुर सम्म कालेपात्रको लागि ठेक्का प्रक्रिया सम्पन्न

रौतहट,जेठ २२ गते
रौतहट फतुवा बिजयपुर नगरपालिकामा सडक कालेपत्रको लागि ठेक्का प्रक्रिया सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर २ अन्तर्गत मर्यादपुर देखि शितलपुर हुँदै अरुवा खोला सम्मको सडक कालोपत्र कार्य गर्नका लागि बोलपत्र खोल्ने कार्य सम्पन्न भएको छ ।
कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको अध्यक्षतामा आज बसेको बैठकले ठेक्का प्रक्रिया सम्पन्न भएको छ । सो सडक खण्ड कालेपत्र गर्नका लागि तीन वटा निर्माण सेवा कम्पनीले बोलपत्र दर्ता गराएका थिए ।
बोलपत्र दर्ता गराउने निर्माण सेवा कम्पनीहरुमा प्रिन्स कन्सट्रक्सनले १ करोड ३४ लाख २० हजार ७ सय ,आराध्या निर्माण सेवाले १ करोड ३४ लाख ४० शजार ६ सय र यूनाइटेड कन्सट्रक्सन झुनखुनवाले १ करोड ३८ लाख ५५ हजार ३ सयमा सो कालेपत्र गर्नका लागि बोलपत्रमा रकम उल्लेख गरेका थिए ।
जसमध्ये प्रिन्स कन्सट्रक्सनले कम रकम उल्लेख गरेकाले सो सडक खण्ड कालेपत्र गर्ने जिम्मा उसैले पाएको हो । यसै आ.व.२०७९।८० को असाढ मसान्त सम्म निर्माण कार्य सम्म गर्ने गरी ठेक्का सकार गरिएको नि.प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले जानकारी गराउनु भयो ।
उनले दिएको जानकारी अनुसार सो सडक खण्डमा करिब १४ सय मिटर असफालट कन्क्रीट चौडाइ ५.५ मिटर हुने भएको बताए । सो अवसरमा सशस्त्र बेश क्याम्प बिजयपुरका इन्चार्ज राजेश आचार्य,इप्रका बिजयपुरका प्रहरी सहायक निरिक्षक जोगिन्द्र चौधरी,इन्जिनियर धर्मेन्द्र यादव,लेखापाल नविन यादव,प्रशासन शाखा प्रमुख उपेन्द्र सुाह, प्रदेश सांसद प्रत्यासी मो.शेराज,वडा नमबर १ का वडा अध्यक्ष बिजय यादव,वडा नम्बर ९ का वडा अध्यक्ष राकेश कुमार यादव,वडा नम्बर ८ का वडा अध्यक्ष नितेश चौधरी,स्वास्थय शाखा प्रमुख प्रमाेद गुप्ता ,जिन्सी शाखा प्रमुख हिरालाल महतो नपा कर्मचारी पत्रकार सहितको व्यक्तीहरुको रोहबरमा ठेक्का प्रक्रिया सम्पन्न भएको छ ।