July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गरूडामा महिलाको नेतृत्वमा विद्यालय एक सामुदायिक बिधालय

मधेश खबर गरूडा,जेठ २२ गते
समाजमा हरेक क्रियाकलापमा महिलालाई कमजोर मान्ने गरिन्छ । तर रौतहटको गरूडा नगरपालिका वडा नम्बर ७ भिमडाबरमा रहेको श्री प्राथमिक बिद्यालय महिलाकै नेतृत्वमा सञ्चालनमा रहेको छ । बि.स.२०६६ सालमा स्थापना भएको विद्यालमा स्थापना काल देखि प्रधानाध्यापक रिंकु यादवले विद्यालयको प्राधानाध्यपकका रुपमा काम गर्दै आउनु भएको छ । सो विद्यालय महिलाकै नेतृत्वमा सञ्चालनमा रहेको हो ।

बिद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धी, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको समन्वयले विद्यालय नमुना बन्न थालेको छ । प्रधानाध्यापक भए पछि कर्तव्य, जिम्मेवारी र उत्तरदायीत्व धेरै रहेको विद्यालयका प्राधानाध्यापक यादवले बताउनुभयो । विद्यालयलाई शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोनात्मक सम्बन्ध मार्फत शिक्षण सिकाई प्रभावकारी बनाउदै लगेको बताउनुभयो ।
हाल विद्यालयमा प्रअ सहित ३ जना शिक्षक रहेका छन भने जसमा १ जना वालविकास सहजकर्ता र एक जना विद्यालय कर्मचारी रहेको उहाँले बताउनुभयो ।

यस विद्यालयमा भौतिक संरचनाहरु अभाव रहेका कारण सबैभन्दा पहिले भौतिक संरचना निमार्णको काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
शैक्षिक गुणस्तर पहिले तुलनामा बढाउदै लैजाने बताउनुभयो । विद्यालयमा जम्मा २१९ जना विद्यार्थीले अध्ययन गरिरहेको उहाँको भनाई छ । महिलाले नेतृत्व गरेको विद्यालयमा केहि चुनौतिहरु रहेपनि राम्रा परिकल्पनाका साथ अगाडि बढेको बताउनुभयो ।

विद्यालयलाई बालमैत्रि, नमुना विद्यालय बनाउने आफुहरुको प्रमुख लक्ष्य रहेको उहाँको भनाई छ । बिधालयमा स्थानीय सरकारको तर्फबाट सहयोगको आवश्यकता रहेको छ । बिधालयमा भौतीक अवस्था परिवर्तन गर्नु पर्ने देखिन्छ । एउटा राम्रो सौचालयको आवश्यकता रहेको छ । त्यसैले यता तर्फ स्थानीय सरकारको ध्यान जानुपर्ने देखिन्छ ।