July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अहिले पानी नपर्दा तराईका किसानहरु चिन्तित

मधेश खबर रौतहट, जेठ २२ गते ।

रौतहटको किसानहरु चर्को घामका कारण अहिले चिन्तित भएका छन् । केहिँ दिनदेखि देखा पर्दै आएको अधिक तापक्रमका कारण किसानी पेशामा आवद्व रहेका किसानहरु समस्यामा परेका छन् ।

चर्को घामले चौतर्फी रुपमा प्रभाव पारेको छ । सो कारणले जनजीवन कष्टकर बन्दै गएको हो । पानी नपर्ने तर चर्को घाम गर्मी त्यसमा दिउँसो हावा पनि ताँतो चलेपछि जनजीवन कष्टकर बन्दै गएको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ निवासी गुलाम महतोले बताएका छन् । उनी सानैदेखि किसानी पेशामै आवद्व भएर आफ्नो जिवीकाेपार्ज गर्दै आएका छन् । उनी भन्छन् हाम्रो देशमा तीन तहका सरकार रहेकाे छ । तर, किसानका लागि गर्ने सरकार नै छैन् । सबैले आफ्नो आफ्नो पेट भर्ने काम गर्दै आएको आरोप लगाएका छन् । हाम्रो लागि हाम्रो सरकार भनेको स्थानीय तहका सरकार हो । तर, खै किसानको समस्या बुझेको । प्रत्येक वर्षको बजेट भाषणमा किसानका लागि बजेट छुट्याईएको हुन्छ । तर, छुट्याइएको बजेट खोइ ? किसानकाे समस्या ज्यूकाे त्यू रहेकाे छ ।

बिभिन्न नगरपालिकाले आफ्नो नगरसभा  बजेट अधिवेशन गत वर्ष २०७९।०८० को बजेटमा भनिएको थियो कि नगरपालिका भित्र गरिने कृषि पेशालाई बैज्ञानिक ढंगबाट व्यवस्थापन गरी व्यवसायीकरण गरी बजेट विनियोजन गरिेने, आधुनीक र व्यवसायीक फर्म संचालन गर्न कृषकलाई प्रोत्साहन गर्ने निति निर्माण गरिने, सिँचाई व्यवस्थापनका साथ भौतिक पुर्वाधार निर्माण गर्ने जस्ता तपाईको योजनाहरु खोइत ? मेयर साब वहाँले प्रश्न गर्नु भयाे ।

यस्तै सोहि वडाका अनुपा महतो भन्छन् सरकारले भनेको जस्तो काम गरेको भए हामी सबै कुरामा परिपक्व हुन्थ्याैं । आज भोली सिचाईको अभावले हामीलाई तरकारी तथा फलफुल बाली विरुवाहरू सुक्न थालेको छ। जलजन्तु र स्थलजन्तु तथा पशु चौपायाहरु बढी प्रभावित भईरहेकाे देखिएको छ ।

पानी नपर्दा धानको बीउ खसाल्न नसक्दा किसानहरु चिन्तित देखिएका छन् । यस्तै अवस्था रहिरहे र तिनै तहको सरकारले ध्यान दिएन भने सर्वसाधारणलाई आर्थिक संकटकाे भयावह अवस्थाको सामना गर्नु पर्ने स्थिति आउन सक्ने उनले बताए ।