July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपाली सेना द्वारा विधार्थीलाई स्टेशनरी समाग्री सहयोग

जेठ २२ गते
राैतहट ।नेपाली सेना वीरदल गण राैतहटले एक विधालयका विपन्न विधार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेका छन । मध्य पुर्बी पृतना हेड क्वाटरकाे निर्देशन र नम्बर २८ वाहिनी अडडाकाे पहलमा विरदल गण राैतहटले उक्त सामग्री सहयोग गरेको हो। चन्द्रपुर नगरपालिका वडा नम्बर ७ नया बस्ति स्थित जनता आधारभुत विधालयकाे कक्षा ४ र ५ मा अध्ययनरत छात्र छात्रालाई विरदल गणका गणपति गंगा वहादुर विष्टले स्टेसनरी सामाग्री वितरण गरेको बताए । शिक्षाको स्तर उत्थान गर्नजनहित तथा सर्वलाभ हुने कल्याणकारी सोचका साथ “वन युनिट वन स्कुल स्पोर्ट” योजनाको अवधारणामा बमाेजिम सैनिक नागरिक सम्बन्धलाई उच्च प्राथमिकतामा राखि जिमेवारी क्षेत्रमा भाैतिक रुपले जिर्ण र स्रोत साधनबाट विपन्न अवस्थामा रहेका सरकारी समुदायिक विधालयलाई सहयोग उपल्बध गराईएको गणपति विष्टले बताए ।