राैतहटमा आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाइँएकाे छ । जिल्लाकाे चन्द्रपुर स्थित हाेटेल तराई ईनमा साे कार्यक्रम गरिएको हाे । आईतवार दलित सराेकार मञ्च कञ्चनरूप नगरपालिका- ८ सप्तरीकाे आयाेजनामा र राष्ट्रिय दलित पत्रकार संघ राैतहट शाखाकाे सहकार्यमा कार्यक्रम भएको हाे ।त समुदायको अधिकार संविधानले नै सुनिश्चित गरेकाले कसैले हरण गर्न नसक्ने बताएका छन् ।

मधेस प्रदेश सरकार पनि दलित समुदायको अधिकार उपलब्ध गराउने तयार रहेको उनको भनाइ थियो । कानुनले निश्चित गरेको आफ्नो अधिकार लिइछाड्न पनि उनले यो समुदायलाई सुझाव दिए ।

उनले शिक्षित नभएसम्म सबै क्षेत्रमा पछि परिने भएकाले सबै भन्दा पहिलो जोड शिक्षामा दिन पनि आग्रह गरे । कार्यक्रममा तालिम आयोजक दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले सरकारले जातीय छुवाछूतलाई कानुनमार्फत दण्डनीय बनाए पनि अझै विभिन्न निकायमा यस्ता मुद्दा दर्जनौँ रहनु विडम्बना भएको बताए ।

उनले मधेस प्रदेश सरकारले दलित सशक्तीकरण ऐन जारी गरिसकेको र त्यसमा पालिका स्तरमा जातीय विभेद अनुगमन समिति गठन गर्ने व्यवस्था भएकाले त्यसलाई चाँडो भन्दा चाँडो कार्यान्वयनमा ल्याउनसमेत आग्रह गरे ।

यसैबाट दलित समुदायले आफ्नो धेरै अधिकार प्राप्त गर्न सक्ने पनि उनको धारणा थियो । नेपाल पत्रकार महासङ्घ रौतहटका सभापति प्रेमचन्द्र झालेजातका आधारमा विभेद गर्नु अपराध भएको राज्यले नै स्वीकार गरेकाले कसैले पनि यस्तो कार्य गर्न नहुने बताए ।

यो कानुनी हिसाबले पनि दण्डनीय भएको सुनाउँदै उनले भने– छुवाछूतबाट पीडित भएकाहरूबीच पनि छुवाछूत वा विभेद हुनु झनै विडम्बनाको विषय हो । यस्तो कार्य अन्त्य हुनका लागि कानुनी व्यवस्थाबारे प्रसारप्रसार व्यापक हुनुपर्ने सुझाव पनि उनको थियो ।

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । त्यस पश्चात हरेक वर्ष जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाउने गरिन्छ ।

 

नेपाल छुवाछुतमुक्त घोषणा भएको आज १७ वर्ष पूरा भएको छ । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ ।

 

नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हक भित्र राखेको छ । जसमा कुनै पनि व्यक्तिलाई उसको जात, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनैपनि प्रकारको छुवाछुत वा भेदभाव गर्न नपाईने उल्लेख छ ।

दिवसले जातीय भेदभाव र छुवाछुत जस्ता समस्या अन्त्यको लागि सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यक्रम सञ्चालन बृन्दावन नपाका कार्यपालिका सदस्य एवम् दलित अगुवा राजेश पासवानले गर्नु भएको थियाे भने स्वागत मन्तव्य राष्ट्रिय दलित पत्रकार संघ राैतहटका काेषाध्यक्ष प्रदिप दासले राख्नु भएको थियाे ।

जेठ १९ देखि २१गतेसम्म आयोजित यो तालिम कार्यक्रममा सर्लाही र रौतहटका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीहरूको सहभागिता थियो ।

समापनका अवसरमा मधेस प्रदेशका राज्य मन्त्री शेख अबुल कलाम आजादले तालिमका सहभागीले प्रमाणपत्र प्रदान गरेका थिए । दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानका अनुसार यस्तो तालिम मधेस प्रदेशका ८ वटै जिल्लामा गरिनेछ ।

सप्तरी र सिरहाको सिरहास्थित मिर्चैयामा, महोत्तरी र धनुषाको जनकपुर (मसला कटेल) मा तथारौतहट र सर्लाहीको रौटहटमा सम्पन्न भइसकेको जानकारी दिँदै उनले पर्सा र बाराका कार्यपालिका सञ्जालका सदस्यका लागि जेठ २२ गतेदेखि २४ गतेसम्म वीरगन्जमा आयोजना हुने जानकारी पनि