July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मनाेज चाैधरी स्मृति पत्रकारिता पुरस्कार रासस अध्यक्ष झालाई प्रदान

जेठ २० गते
राैतहट । राष्ट्रिय समाचार समिति(रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई यस बर्षकाे मनाेज चाैधरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ।
राैतहटकाे गरुडामा आज आयाेजित मनाेज चाैधरी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पाेखरेल, गरुडा नगरपालिकाका नगरप्रमुख कन्तमणि जयसवालले नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष समेत रहनु भएका रासस अध्यक्ष झालाई साे पुरस्कार प्रदान गर्नुभयाे ।
काेभिड १९ संक्रमणका कारण गत २०७८ साल बैशाख २९ गते राैतहटका पत्रकार मनाेज चाैधरीकाे निधन भएकाे थियाे । उहाँकाे स्मृतिमा नेपाल पत्रकार महासंघ राैतहट शाखाद्वारा २०७९ सालमा स्थापित नगद रु. २५ हजार राशीसहितकाे साे पुरस्कार अघिल्लाे बर्ष बरिस्ठ पत्रकार कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएकाे थियाे ।
पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पाेखरेलले समाजिक बिभेद अन्यका लागि सशक्त पत्रकारिता
पत्रकारकाे पेशागत सुरक्षा र श्रमकाे सम्मानका लागि न्युनतम पारिश्रमिक लागु गर्न सरकारसँग आग्रह गर्नुहुँदै उहाँले पत्रकारकाे पेशागत सुरक्षा, सम्मान र मर्यादित पत्रकारितालाई ध्यान दिएर महासंघ अघि बढिरहेकाे बताउनुभयाे ।
महासंघकाे ओज र गरिमालाई कायम राख्न र पत्रकारिता पेशालाई विश्वसनिय बनाउन महासंघले सदस्यता सुद्विकरणकाे अभियान सुरु गरेकाे बताउनुहुँदै सदस्यता सुद्विकरण अभियानलाई सफल बनाउन साथ र सहयाेग आग्रह गर्नुभयाे ।
राससका अध्यक्ष धर्मेन्द्र झाले पत्रकारितामा सुद्विकरण जरुरी छ । संस्थागत गरिमालाई कायम राख्न मेराे कार्यकालमा पनि सुद्विकरण गर्न पहल गरिएकाे थियाे ।
पत्रकारिता नगर्ने र पत्रकारिता पेशालाई बदनाम गर्ने काम अब राेक्नु आवश्यक रहेकाे उल्लेख गर्नुहुँदै पत्रकारितालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै इमान्दार बन्नु पर्ने बताउनुभयाे ।
कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खडकाले पत्रकारहरुकाे आर्थिक अवस्था सुधारका लागि सरकारलाई सुझाब दिएकाे बताउनुहुँदै समितिले गरेकाे सिफारिस कार्यान्वयन हुनुपर्ने बताउनुभयाे ।
नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झाकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा महासंघका मधेश प्रदेश अध्यक्ष राजेश कुमार कर्णले साना लगानीका सञ्चार माध्यमहरुकाे संरक्षण गर्न राज्यको प्रष्ट धारणा राख्नुपर्ने बताउनुहुँदै राज्यले सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खाेजेकाे गुनासाे गर्नुभयाे । उहाँले जेष्ठ पत्रकारहरुलाई सम्मानसहित भरणपोषणकाे व्यवस्था हुनुपर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व सचिव तथा राससका कार्यकारी व्यवस्थापक सितल महताे, गुरुडा नगरपालिकाका नगरप्रमुख कन्तमणि जयसवाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिवपुरी र केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव श्याम बञ्जारा लगायतले बाेल्नुभयाे ।