July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

शैक्षिक समस्या तथा समाधानका उपाय विषयक अन्तरक्रिया सम्पन्न

जेठ १५ गते
प्रेमचन्द्र झा
राैतहट । गणतन्त्र दिवस २०८० को उपल्क्षयमा शैक्षिक समस्या तथा समाधानका उपाय विषयक अन्तर क्रिया कार्यक्रम गुजरारकाे कनकपुर माविमा सम्पन्न भएको छ ।जिल्ला तथा गुजरा नगरपालिकाका शैक्षिक क्षेत्रमा देखिएका समस्या उपर शिक्षाविद्व तथा सरोकारबालाले प्रकाश पारेका थिए । सो कार्यक्रमका प्रमुख अतिथि गुजरा नगर प्रमुख सन्तलाल चाैधरीले शिक्षा क्षेत्रमा विदमान रहेका समस्या एकलो नगरप्रमुखले चाहेर पनि सामाधान सम्भव नहुने वताए ।
नगरपालिकाले विधालयको भाैतिक अवस्था मात्र सुधार गर्न सक्छ ,सपार्न सक्छन ।तर विधालयमा वर्षाै देखि कमि रहेको शैक्षिक जन शक्ति व्यवस्थापन गर्ने अधिकार नगर प्रमुखसंग नरहेको चाैधरीले बताए । नगरप्रमुख चाैधरीले भने शिक्षा सम्बन्धि अधिकार बजेट नगरपालिकामा रहृेपनि राहत काेटाकाे बिक्री अझै शिक्षा समन्वय ईकाई गाैरबाट भई रहेको दाबि गरे । राष्ट्रिय परिक्षा बोर्डका हेटाैडाका प्रमुख कृष्णप्रसाद घिमिरेले समय अनुकुल डिजिटल प्रविधिमा शैक्षिक गतिविधि संचालन गर्न सुझाव दिएका छन । नारायणी माध्यमिक विधालय चितवनका पुर्व प्रधानाध्यापक पुर्ण बहादुर दवाडीले अभिभावक शिक्षक र विधार्थीको भुमिका बारे प्रकाश पारेका छन । विधालय व्यवस्थापन समितिका अध्यक्ष शेख शैनुल्हाको को अध्यक्षतामा भएको अन्तरक्रियामा नेपाल शिक्षक संघका अध्यक्ष रामकृपाल यादव , प्रगतिशील शिक्षक संघका अध्यक्ष धर्मेन्द्र सिह , पुर्व प्रधानाध्यापकहरु राज किशोर यादव, याेगेन्द्र यादव,सुरेन्द्र प्रसाद सिह ,सुदामा यादव , विश्वनाथ राउत, रामेश्वर चाैधरी, समाजसेवी साविर हुसेन , स्थानिय युवा अवदुल सलाम सहितका व्क्ताले शैक्षिक अवस्था प्रति चिन्ता व्यक्त गरेका थिए। सडक ग्राभेललाई मात्र विकास बुझ्ने जनप्रतिनिधिलाई शिक्षा क्षेत्रमा बढि भन्दा बढि बजेट विनियोजन गरि काम गर्न सुझाव दिएका छन ।