July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट जिल्लामा आज स्कारपियो दुर्घटना हुँदा ६ जना को मृत्यु

रौतहट जिल्लामा आज स्कारपियो दुर्घटना हुँदा ६ जना को मृत्यु भएको छ मृतक हरु को बिबरन

मिति २०७८।०९।१३ गते अ.१७:१० बजेको समयमा जिल्ला रौतहट गरुडा न.पा.वडा न.१ जयनगर स्थित गौर च-पुर सडक खण्डमा गौर वाट जयनगर तर्फ आउदै गरेको BR.05.PA 6953 न.को एसकारपियो नरकटियावाट गमहरीयामा जन्ती जादै गरेको अवस्थामा जिल्ला रौतहट गरुडा न.पा.वडा न.१ जयनगर स्थितमा आफई आनियन्त्रीत भई बाटोको साईडमा रहेको खाल्टो वाट १५/२० फिट वाँया साईडको तल खेतमा पलटिन गाई दुर्घटना हुँदा उक्त गाडीमा सवार रहेको निम्न मानिसहरुलाई उपचारको लागी निम्न हस्पिटल हरुमा मृत्यु भऐको र घाईतेहरुको निम्न हस्पिटल हरुमा उपचार भई रहेको ।
निम्न मृत्यु भएको ;‍-
 जिल्ला रौतहट गढीमाई न.पा.वडा न.३बस्ने गम्हरीया टोल बस्ने शेख मन्जुर को छोरा बर्ष १६ को शेख नैसाद उपचारको क्रम्मा मृत्यु भएको लास गरेण्डी हस्पटिलमा रहेको ।
 ऐ.ऐ.बस्ने साबिदको छोरा बर्ष २२को शेख सैनुल्लाह गरुडा स्थित हेल्थ ल्याण्ड हस्पिटलमा उपचारको क्रम्मा मृत्यु भएको लास हस्पिटलमा राखीएको ।
 ऐ.ऐ.बस्ने बर्ष ५५को डा.मेसाफिर अन्सारी उपचारको क्रम्मा मृत्यु भएको लास गरेण्डी हस्पटिलमा रहेको ।
 ऐ.ऐ.बस्ने शेख जाफलको छोरा बर्ष २५को शेख छोटु उपचारको क्रम्मा मृत्यु भऐको गरेण्डी हस्पटिलमा लास रहेको ।
 नाम थर वतन नखुलेको अ.बर्ष ४०/४५को पुरुष ब्यक्ती सुकदेवचौक स्थित शिव दर्शन हस्पिटलमा उपचारको क्रम्मा मृत्यु भऐको लास हस्पिटलमा राखिएको ।
 ऐ.ऐ.बस्ने निजको छोरा बर्ष १५ को शेख अजिबुल्लाह टाउँको,शरिर भित्री चोट अवस्था गम्भिर रहेको समान्य उपचार पछि थप उपचारको लागी बिरगंज तर्फ पठाईएको । उपचारको लागी बिरगंज तर्फ लादै गरेको क्रम्मा अ.१८;१५ वजेको समयमा बाटोमा मृत्यु भएको)

निम्म घाईते हरु ;-
 जिल्ला रौतहट गढीमाई न.पा.वडा न.३ बस्ने शेख मोनाजिरको छोरा बर्ष १६को शेख अलफाज टाउँको,शरिर भित्री चोट अवस्था गम्भिर रहेको समान्य उपचार पछि थप उपचारको लागी बिरगंज तर्फ पठाईएको ।
 ऐ.ऐ.बस्ने निजको छोरा बर्ष १५को शेख अमानत टाउँको,शरिर भित्री चोट अवस्था गम्भिर रहेको उपचार गरेण्डी हस्पिटलमा भई रहेको ।
 ऐ.ऐ.बस्ने शेख आमुल्लाहको छोरा बर्ष १७ को शेख करिमुल्लाह लागी गरुडा स्थित गरेण्डी हस्पिटलमा उपचार भई रहेको ।