सिरहा १३ गते पुस
सिरहाको मिर्चैयामा निषेधाज्ञा (कर्फ्यू) तोडेर जनमत पार्टीका कार्यकर्ताहरु प्रदर्शन गरेका छन् । निषेधआज्ञा तोडदै जनमतका कर्यकर्ताहरुले मिर्चैयाको कटारी चौकमा प्रर्दशण गर्न खोज्दा प्रहरी नियन्त्रणमा लिन एक राउण्ड आश्रुक्ष्यास प्रहार गरेका थिए । भने केहि प्रर्दशणकारीमाथि प्रहरीले लाठी चार्ज ससमेत गरेर राजमार्ग आफनो नियन्त्रणमा लिएका छन । प्रहरीलाई चुनौती दिँदै मिर्चैयामा जनमतका कार्यकर्ता प्रदर्शनमा उत्रेपछि राजमार्ग अवरुद्ध बनेको हो ।
राजमार्ग र सिरहा- चोहर्वा सडक खण्ड सूचारु राख्नकै लागि प्रशासनले आज र भोली विहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रर्दशण गरिरहेका १८ जना प्रर्दशणकारीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । यता प्रहरीले नियन्त्रणमा लिएका सबै प्रर्दशणकारी प्रहरीको हिरासतमा सुरक्षित रहेको सिरहाका प्रहरी प्रमुख हिरा वहादुर पाण्डेले बताए ।
औरही गाउँपालिकाले किसानमाथि दर्ता गराएको मुद्दा खारेज गर्नुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, औरही गाउँपालिका अध्यक्ष सिदार्थले गरेको भ्रष्टाचारको छानविन हुनुपर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने माग राख्दै जनमत पार्टी आन्दोलनमा छ ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय