July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

पुर्व सांसद जितेन्द्र यादवकाे गाउँकाे स्कुलमा अख्तियारकाे छापा

रामप्रवेश बैठा,रौतहट,पुस १२ गते
रौतहट जिल्लाको फतुवा बिजयपुरमा अख्तियारको टोलीले छापा मारेको छ । सोमबार अख्तियारको टोली सो नगरपालिकाको वडा नम्बर ७ स्थिति रहेको एक
बिधालयमा अख्तियार टोली पुगेको हो । सो वडामा रहेको श्री कृष्नन्दन प्राथमिक बिधालयमा अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटौंडाको टोली पुगेको थियो ।
कविन राईको नेतृत्वको टोली बिधालयमा निर्माणाधीन भवनमा भ्रष्टाचार भएको आवेदन परेपछि अनुसंधान गर्न सो टोली पुगेको थियो ।
अख्तियारको टोली बिधालयमा पुग्दा एक जना पनि शिक्षक र बिधार्थी भेटाएको थिएन् । लाखौंको भवन निर्माण भएको तर एक जना पनि शिक्षक र बिधार्थी न देख्दा अख्तियारको टोलि अचम्मित भएको थियोे ।
यस विषयमा फतुवा बिजयपुर नगरपालिकाका शिक्षा संयोजक हरेन्द्र यादव सँग सोध्दा अख्तियारमा निवेदन परेको आधारमा टोली छानबिनको लागि पुगेको प्रतिक्रिया दिए ।
सो टोलीले फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ३ मेवा स्थित रहेको श्री यमूना कौशल्या प्राथमिक बिधालयमा पनि छापा मारेको थियो । दिवा खाजा, छात्रवृति, पाठयपुस्तक रकम लगायतको विषयमा अनियमितता भएको उजुरीको आधारमा अख्तियारको टोली पुगेको थियो । श्री कृष्नन्दन प्रावि पूर्व सांसद जितेन्द्र यादव सुनिलकाे गाउँकै बिधालय रहेको छ ।