रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ३ गम्हारिया टोलमा विहीबार राती आगलगी भएको छ । सो आगलगीमा भैसी, बख्रा सहित आधा दर्जन पशु जलेर पुर्ण रूपमा नष्ट भएका छन्।लामखुट्टे धपाउन बालिएको आगो सल्केर भएको आगलगीमा गम्हरिया बस्ने बैधनाथ साह कानुको भैसी गोठमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । सो गोठमा रहेका भैंसी,वच्छेडू,दुई ओटा खसी र दुई ओटा पाठी पूर्ण रूपमा जलेर नष्ट भएको ईलाका प्रहरी मौलापुरले जनाएको छ। राती २ बजेको करिबमा भएको आगलगीमा करिब ४ लाख ५० हजार बराबारको क्षति भएको इलाका प्रहरी कार्यालय मौलापुरको प्रहरी प्रमुखले जनाएको छ ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय