रौतहट २३ गते रौ
रौतहटको मौलपुर नगरपालिका ५ मौलापुर बजारमा ४ औषधि पसल (फार्मेसीमा) सिलबन्दी गरेको छ
औषधी व्यवस्था विभाग कार्यालय प्रमुख मुकेंद्र पंजियार , विभागका फार्मेसी अधिकृत सरफराज अहमद खाँ र जिल्ला प्रशासन कार्यालय एवं जिल्ला प्रहरी कार्यालयको संयुक्त खटिएको टोलिले औषधि पसलहरुको अनुगमनका क्रममा मापदण्ड विपरित संचालन भएको पाइएपछि ती औषधि पसलहरु सिल गरिएको अधिकृत खाँले जानकारी दिनुभयो ।
खाँका अनुसार सिलबन्दी गरिएका फार्मेसीमा श्री महादेव सेन्ट्रल हस्पिटल , शान्ति सेन्ट्रल हस्पिटल , श्री मौलापुर पोलिक्लिनिक र रोशनी सर्जिकल फार्मेसी रहेका छन्। ती औषधि पसलले दर्ता नगरी संचालन गरेको, दर्ता नभएको औषधिहरु संचय गरेको, रद्द भइ सकेको फार्मेसीको नामबाट कारोबार गरेको तथा नविकरण नरहेको र व्यवसायीको अनुपस्थितिमा संचालनमा ल्याएको पाइएपछि सिलबन्दी गरिएको हो। सिलबन्दी गरिएको उक्त औषधि पसलहरु गैरकानुनी रहेकोमा औषधि बिक्री वितरणमा रोक लगाएको हो |
औषधि व्यवस्था विभाग विरगंज शाखामा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन। जनशक्तिको अभावमा बजारमा कम गुणस्तर, म्याद सकिएका, विभागमा दर्ता नभएका र चिकित्सक प्रमाणपत्रबिना बिक्री गर्न नपाइने औषधि बिक्री भइरहेको पाइन्छ।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड