July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा आज आयोजित एक कार्यक्रममा १५१ किलोको माला लगाएर स्वागत

पर्सा ८ गते पुस

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा आज आयोजित एक कार्यक्रममा १५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।नेकपा (एमाले)को जिल्ला समिति पर्साले जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताले उनलाई १५१ किलोको माला लगाइएर स्वागत गरेका थिए ।जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आएका थिए । सो क्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालगायतका सयौँ नेताकार्यकर्तालाई एमालेमा प्रवेश गराई स्वागत गरेका थिए । मिया नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । नेकपा (एमाले) का आदरणीय अध्यक्ष क. केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यमा पर्सा जिल्लाको जगरनाथपुरमा आयोजित बृहद पार्टी प्रवेश तथा सन्देश सभा उत्साहवर्धक जनसहभागिताका साथ सभ्य एवं भव्य रुपमा सफल भएको छ ।सिङ्गो मुलुककैं साझा हकहित तथा विकास र समृद्धिको राष्ट्रिय अभिभारालाई पुरा गर्न नेकपा (एमाले) कैं नेतृत्व अब मुलुकमा काफी हुने भएकोले नेकपा (माके) सहित कथित मधेशवादी दलहरुको अब खासै कुनै औचित्य नहुने विश्वासका साथ जगरनाथपुर गापाका अध्यक्ष जालिम मियाँ लगायत हजारौंको संख्यमा विभिन्न पार्टी परित्याग गरी हाम्रो गौरवशाली पार्टी नेकपा (ऐमाले) मा गोलबन्द हुनुभएका सम्पूर्ण नवप्रवेशी कमरेडहरुलाई हार्दिक स्वागत गर्दै थप उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ