July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अति अशक्त दलित अपांगलाई रजक सेवा समाज ग्रुपले गर्याे आर्थिक सहयोग

रामप्रवेश बैठा,राैतहट,पुष ०७ गते
राैतहटमा एक अति अशक्त दलित अपांग व्यक्तिलाई आर्थिक सहयाेग गरिएको छ । राैतहट जिल्लाकाे पराेहा नगरपालिकाका एक जना अपांग व्यक्तिलाई साे सहयोग गरिएको हाे । साे नगरपालिकाकाे वडा नम्बर १ जिंगडवा बेलबिछवाका एक जना कलिला उमेरमै ढाड मुनि काम गर्न छाेडेका व्यक्तिलाई नगदै सहयोग गरिएको हाे ।
जिंगडवा बेलबिछवा निवासी स्थानीय जिया बैठाकाे छाेरा वर्ष २० काे सतेन्द्र कुमार बैठा ढाड मुनि काम गर्न छाेडेपछि अस्पतालमा भर्ना भएका थिए । अस्पतालले निकाे नहुने जवाफ दिएपछि पिडित परिवार डिस्चार्ज गराउन बिचल्लीमा परेकाे थियाे । लगत्तै दलित क्रिायाशिल पत्रकार संघ राैतहटका अध्यक्ष एवम् रेडियो गुजराई एफएमका स्टेसन मैनेजर रामप्रवेश बैठाले रजक सेवा समाज ग्रुपलाई अनुरोध गरेका थिए ।
आग्रहलाई मध्यनजर गर्दै विदेशमा रहेका कामदारकाे ग्रुप रजक सेवा समाजले विदेशमा नै रकम संकलन गरि पठाएको थियाे । जुन रकम रजक सेवा समाजका सचिव लालधारी बैठा,पत्रकार रामप्रवेश बैठा,गंगाराम बैठा,राकेश कुमार रजक,श्रीकान्त बैठा,सहदेव बैठा,नन्दलाल बैठा,बज्जिकाञ्चल दैनिक पत्रिकाका सञ्चालक आरके श्रीवास्तव सहितका व्यक्तिहरूकाे राेहबरमा साे रकम उपचारमा खर्च प्रयाेग गर्न प्रदान गरेका थिए ।
साे रकम संकलनमा सहयोगीकाे भूमिका श्यामकिशाेर रजक,रामजन्म रजक,पत्रकार रामप्रवेश बैठा,लालधारी बैठा,बिराज रजक,श्रवन रजकले निर्वाह गरेका थिए ।
प्रवासमा रहेर पनि आफनाे जातीकाे हकहित र सहयाेग गर्ने उदेश्यको लागि गठन भएको साे ग्रुपले बुधबार आर्थिक सहयोग गरेकाे हाे ।
अस्पतालकाे जम्मा रकम ६३ रहेकोमा रजक सेवा समाज ग्रुपले २० हजार नगद सहयाेग गरेकाे छ । र बाकी रकम ४३ हजारमा आन्नद हस्पिटलका डा. उमेश प्रसाद जयसवाल र भाेलेशंकर मेडिकलका सञ्चालक बच्चा बाबु गिरी नेपाल पत्रकार महासंघ रौतहट जिल्ला शाखाको कार्य समिति सदस्य राम प्रबेश बैठा बजिकाञ्चल दैनिक पत्रिका अध्यक्ष राजु श्रीवास्तवले पनि सहयाेग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तो आर्थिक अवस्था छ सत्येन्द्र बैठाकाे
घरमा आमाबाबु,चार दिदीबहिनी,एक भाइ,उनकाे श्रीमती र एक छाेरी रहेको छ । बुढाे आमाबाबु बाहेक घरमा कमाउने व्यक्ति काेहि छैन् । घरकाे आर्थिक अवस्था दयनीय रहेकाेले सहयोग अपेक्षा उक्त परिवारलाई रहेकाे छ ।