July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरिया नपाले गर्यो आगजनी पिडितलाई राहत सहयोग

आरके श्रीवास्तव,कटहरिया,फागुन ०२ गते
रौतहटको कटहरिया नगरपालिकाले आगजनी पिडितलाई राहत सहयोग गरेको छ । आगलागी पिडितलाई कटहरिया नगरापलिकाका नगरप्रमुख अजय प्रकाश जयसवालले एक कार्यक्रमका बिच सहयोग गरेका छन् ।
कटहरिया नगरपालिका वडा नं. १ भसेडवा परसवनी टोल बस्ने अर्जुन यादव र मनचोलि कुमारीको घरमा सोमबार आगलागी भएको थियो । आगजनी पिडित यादव , कुमारी लाई नगर प्रमुख जयसवालले मंगलबार तिरपाल, कम्बल, खाद्यान्न समाग्री सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले जानकारी गराउनु भयो ।
घुरबाट आगो सल्केर आगलागी हुँदा यादवको २ कोठे फुसको घर जलेर नष्ट भएको थियो । घरमा आगलागी हुँदा घर भित्र रहेको लताकपडा, खाट, मोबाईल, भाँडाकुँडा, चिरान गरि राखिएको काठ लगायत अन्य सरसमान गरि २ लाख बराबरको क्षति भएको थियो । शसस्त्र प्रहरी बेश क्याम्प पोखरभिण्डा र अस्थाई प्रहरी पोष्ट छेदी चौक र स्यानियको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो । सोमबार आगलगी भएको घटनास्थलमा नगर प्रमख जयसवालले पुगी राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।