राम प्रबेश बैठा गरूडा,फागुन ०२ गते
रौतहटमा पालिका स्तरीय हात्तीपाइले रोग सम्बन्धि अभिमुखिरण सम्पन्न भएको छ । जिल्लाको देवाहीगोनाही नगरपालिकामा एक दिने पालिका स्तरीय राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम गरिएको छ ।
देवाहीगोनाही नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नपाको सभाहलमा सो अभिमुखिरण सम्पन्न भएका हो । हात्तीपाइले उन्मुलनको लागि “ हात्तीपाइले विरूद्धको औषधी खाऔँ, यो वर्षलाई अन्तिम बनाऔँ “ भन्ने नारा सहित सुरू हात्तीपाइले अभियान चलाउन लागिएको हो ।
कार्यक्रममा पालिकाको जनप्रतिनिधीहरु, विभिन्न शाखाका प्रमुख, स्वास्थ्यकर्मी लगायतका व्यत्तीहरुको सहभागिता रहेको थियो । हात्तीपाइले विरूद्धको औषधी खाएपछि कुनै पनि गम्भीर असर नपर्ने बताउँदै प्रशिक्षकले औषधीको बारेमा रहेको नकारात्मक सोचलाई हटाई यसको प्रयोगमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
नेपाल सरकारले सन २०३० सम्म हात्तीपाइले उन्मुलन गर्नुपर्ने लक्ष्य लिएको बताउँदै सो लक्ष्यमा केन्द्रित भइ स्वास्थ्यकर्मीले जिम्मेवारीपूर्ण ढंगले यसको उन्मुलनमा लाग्नु पर्ने बताउनु भयो ।
सो अन्तरक्रियामा देवाहीगोनाही नगरपालिकाकी नगर उपप्रमुख परनिया देवी पटेल,स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुशवाहा,विभिन्न वडाका वडाध्यक्षहरु,स्वास्थचौकी प्रमुख, स्वास्थ्यकर्मी तथा माविका प्रधानाध्यापकहरु लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र