May 24, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

प्रधानमन्त्री प्रचण्डसित मुख्यमन्त्री कार्कीको भेटवार्ता

 

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित प्रदेश नम्बर–१ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी छ ।

शिष्टाचार भेटमा प्रदेशको विकासलगायत विषयमा छलफल हुने बताइएको छ ।

उनीहरूले एकार्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनेछन् । प्रचण्ड प्रधानमन्त्री र कार्की मुख्यमन्त्री बनेपछि उनीहरूबीच यो पहिलो औपचारिक भेटवार्ता हो ।