काठमाडौं :
सरकारको केन्द्रीय सर्भर सञ्चालनमा आएको छ। करिब पाँच घन्टापछि सर्भर सञ्चालनमा आएको हो। सर्भर सञ्चालनमा आएसँगै सरकारी वेवसाइटहरू खुल्न थालेका छन्।
यसअघि सर्भर डाउन हुँदा सरकारी वेवसाइटहरू ठप्प भएको थियो। सरकारी वेवसाइट र सफ्टवेयरहरू नचल्दा अति आवश्यब कामहरू पनि प्रभावित बनेको थियो।
राष्ट्रिय सूचना केन्द्रका सहायक निर्देशक रमेश पोखरेलले प्राविधिक कारणले सर्भर डाउन भएको बताए। ‘प्राविधिक समस्या आएर सर्भर डाउन भएको थियो। समस्या समाधान भयो। सरकारी वेवसाइटहरू खुलिसके’ उनले भने।
More Stories
कर, नकारात्मक क्रियाकलाप, समाजमा सुशासन कायम गर्न लगायतको विषय राख्दै कर्कचमा युवाहरूद्वारा विरोध र्याली
मिति वि।स।२०८१ श्रावन ०२ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।
मिति वि.स.२०८१ सावन ०१ गते प्रकाशित नेपाल मधेश खबर पढनुहोस् ।