बीरेन्द्रनगर:
बीरेन्द्रनगर नगरपालिका-२ मा किशोर किशोरीहरूले लागुऔषध दुर्व्यसन तथा लैगिक हिंसाविरुद्ध अथियान थाल्ने बताएका छन्। लागुऔषध दुर्व्यसन, विभेद र हिंसामुक्त समाज निर्माण गर्न आवाज संस्थाले आयोजना गरेको विद्यालय उमेरका किशोर किशोरीहरूलाई अभिमुखीकरण कार्यक्रममा सहभागीले यस्तो बताएका हुन्।
जनप्रभात मावि कोल्डाँडामा कक्षा १० मा अध्यायनरत छात्रा सन्ध्या विकले दुर्व्यसन तथा हिंसामुक्त समाज बनाउन संगठित भएर अभियान थाल्नुपर्ने बताइन। उनले भनिन्, ‘समाजमा दुर्व्यसन र हिंसाका घटनाहरू लुकेर बसेका छन्। हाम्रो राज्यले सुरक्षाको ग्यारेण्टी गर्ने हो भने सूचना दिनका लागि हामी तयार हुन्छौँ। बालक्लव तथा विभिन्न समूह गठन गरेर हिंसा, विभेद र दुर्व्यसनकाविरुद्ध अभियान थाल्न सकिन्छ । यसबाट हिंसा, विभेद र दुर्व्यसनमुक्त समाज बनाउन सकिन्छ।’
अर्का छात्र भरतप्रसाद चौलागाईले समाजमा हुने लागुऔषध दुर्व्यसन, बालविवाह, बहुविवाह, घरेलु हिंसा जस्ता सामाजिक विकृति र बिसंगतिविरुद्ध सामूहिक रुपमा आवाज उठाउनुपर्ने बताए।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे