रामप्रवशेब बैठा,मौलापुर,पौष ६
पुर्व प्रभु साह सहितको टोलीले मौलापुर बहुप्राविधिक शिक्षालयको अनुगमन गरेको छ । रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत मौलापुर नगरपालिकामा पर्ने उक्त शिक्षालयको अनुगमन गरिएको हो ।
मंगलबार नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साह, नगर प्रमुख रिना कुमारी साह, प्रमुख प्रशासकिय अधिकृत राम बाबु साह नेकपा प्रदेश कमिटी सदस्य त्रिभुवन साह र बिभिन्न वडाका वडाध्यक्ष कर्मचारीको सहितको टोलीले अनुगमन गर्न पुगेको थियो । मौलापुर बहुप्राविधिक शिक्षालयको अनुगमनको क्रममा विद्यार्थीहरूसंग संवाद तथा थप निर्माण हुने पूर्वाधार बारे छलफल गरिएको बुझिएको हो ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।