आरके श्रीवास्तव,गरुडा,पौष ०६ गते
रौतहट जिल्लाको मध्य भाग गरुडामा रहेको श्री नमूना माध्यमिक विधालय गरुडाको बिधालय व्यवस्थापन समितीलाइ स्वागत गरिएको छ । उच्च आदालतले पंकज जयसवाल नेतृत्वको समितिलाइ मान्यता दिएपछि सोमबार विधालयमा आयोजित एक कार्यक्रमका बिच नयाँ कार्य समितिलाइ भव्य स्वागत गरिएको हो ।
श्री नमुना मा.बि. गरुडा द्वारा आयोजित कार्यक्रमको अध्यक्षता सो बिधालयका प्रधानाध्यापक प्रभु राउतले गर्नु भएको थियो । सो अवसरमा गरुडा नगरपालिकाका निम्ति प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादबको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गरुडाका शिक्षा शाखा संयोजक नागेन्द्र साह,स–संयोजक मौजेलाल यादब,उधोग बाणिज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र जयसवाल लगायत शिक्षक, शिक्षिका, बिधार्थी, पत्रकार,अभिभावक बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । नव गठित बि.ब्य.समितिको अध्यक्ष पंकज कुमार जयसवाल,सदस्य–आशा राउत बरै,बिरेन्द्र राउत पटेल,सेतु देबी यादब,प्रमिला देबी पासवान,शोभा देबी साह लाई स्वागत–सम्मान तथा परिच्यात्मक कार्यक्रम भब्य तथा सभ्यताका साथ सु–सम्पन्न भएको कार्यक्रममा सहभागि बिनोद यादवले जानकारी गराउनु भएको हो ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।