July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको बैरगनियमा आगलागी,एक बालिकाको मृत्यु,एक घाइते

रामप्रवेश बैठा,रौतहट,पौष ०६ गते
रौतहटमा आगलागिको एउटा हृदयविदारक घटना घटेको छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको बैरगनियामा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ भने एक बालक घाइते भएको छ । सो नगरपालिकाको वडा नम्बर १ स्थित बैरगनिया टोल निवासी स्थानिय रामविश्वास रायको धानको टालमा आगलागी भएको हो ।
बच्चाहरु धानको टाल नजदिक लायटरले धानको लाबा फोरने क्रममा अचानक आगो लागेको थियो । दर्जनौं सोरही धानको बोझामा आगलागी भएको हो । सो आगोमा परी स्थानिय जोखु राय यादवको छोरी वर्ष ५ को आराध्या कुमारी यादवको घटना स्थलमा नै मृत्यु भएको हो । र सो आगोमा परि स्थानिय संदिप कुमार साहको छोरा वर्ष २ को बालक रोहित साह घाइते भएको इलाका प्रहरी कार्यालय फतुवा बिजयपुरका इन्सपेक्टर विष्णु विकले जानकारी गराउनु भयो ।
घाइते बालकको उपचारको लागि विरगंज पठाइएको हो । धानको टाल सँगै रहेको स्थानिय सर्फलाल राय यादवको खपडाको घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको हो । दिउँसो आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ ।

आगलागीपछि कोल्हवी नगरपालिकाका एकवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इप्रका विजयपुरका इन्सपेकटर विकले जानकारी दिए । सो आगलागी बाट हजारौं मूल्य बराबरको धान जलेर नष्ट भएको बुझिएको हो ।
आगलागीको घटनाको खबर सुन्ने बितिकै फतुवा बिजयपुर नगरपालिकाकी उपमेयर कान्ति देवी,वडाध्यक्ष संजय प्रसाद,नेकपा एमाले फतुवा बिजयपुर नगर कमिटी अध्यक्ष बिजय यादव निर्बिज,यूवा नेता शंकर यादव सहतिको टोली पुगेर घटनाको बारेमा बुझेका थिए । प्रहरीले घटनाको मुचुल्का समेत उठाइ बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको हो ।