July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

विमान दुर्घटनामा मृत्यु भएका दुई पत्राकारहरुको सम्झनामा श्रद्धान्जली सभा

 

रौतहट ८ माघ
रौतहटको गौरमा आइतबार विमान दुर्घटनामा मृत्यु भएका २ पत्राकारहरुको सम्झनामा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ रौतहटको कार्यालयमा सम्पन्न सो कार्यक्रम पत्रकार महासंघ रौतहटको आयोजनामा सम्पन्न भएको हो । गत माघ १ गते पोखरा जहाजमा दुर्घटनामा मृत्यु भएका पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य त्रिभुवन पौडेल र पत्रकार अनिल शाहीको सम्झनामा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले जानकरी दिनु भयो । सो कार्यक्रममा विमान दुर्घटनामा पत्रकार द्धयको निधनले पत्रकार क्षेत्रमा ठुलो क्षति भएको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले जिकिर गर्नु भएको छ । मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलास दासले पत्रकार जगतमा मृतक द्धय पत्रकारको अतुलनिय योगदान रहेकाले उहाको योगदानलाई हामीले जोगाइ राख्नु पर्ने बताउनु भयो । पत्रकार महासंघ रौतहटका अध्यक्ष समेत रहनु भएका कार्यक्रमका सभाअध्यक्ष प्रेमचन्द्र झाले मृतक पत्रकारहरुको आत्माको शान्तिका लागी पत्रकार आचारसंहितामा रहेर सत्यतथ्य समाचारहरु सम्प्रेषणमा पत्रकार साथीहरुले जोड दिनु पर्नेमा सुझाव दिनु भयो । मृतक पत्रकार द्धयलाई पत्रकार महासंघले सदा सम्मानका साथ सधै सम्झिरहने बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ रौतहटका उपाअध्यक्ष प्रविन शर्मा , वरिष्ट पत्रकार प्रभात झा लगायत रौतहटका अधिकांस पत्रकारहरुको सहभागीता रहेको थियो ।