रौतहट माघ ६ गते
रौतहट जिल्लाको देवाही गोनाहीमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको शुक्रबार संम्पन भएको छ। शुक्रबार भएको अन्तिम फाइनल खेलमा एलेभेन टाइगर टिम धरहरी बिजयी भएको हाे।
मेयर कपको एघारऔं दिनमा धरहरी एक्सप्रेस टिम र एलेभेन टाइगर धरहरी टिम बिच नै फाइनल खेल भएको थियो ।
अन्तिम दिनको खेलमा टस जितेर पहिलो ब्यटीङ्ग गरेका धरहरी एक्सप्रेसले २० ओभरमा १३३ रन बनाएको थियो ।
जवाफी ब्यटिङ्ग गरेका एलेभेन टाइगर टिम धरहरीले करिब दुई ओभर बाकीँ रहदा १३४ रन बनाउदै फाइनल खेल जितेका हुन ।
संम्पन भएको खेलमा निश्चल साहलाई मैन अफ, दी, मैच सिरिज र मनाेज यादवलाई मैन अफ दी मैच घोषण गरेको थियो ।
फाइनल खेलमा प्रथम भएका एलेभेन टाइगर टिम धरहरीका कप्तान अरबिन्द यादवलाई आजका प्रमुख अतिथी देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहले टौफिक र नगद २० हजार रुपैया सहित संम्मान गरेका थिए ।
त्यस्तै प्रमुख अतिथी वडा अध्यक्ष वीर बहादुर साहले पराजित भएका धरहरी एक्सप्रेस टिकका कप्तान सोहन कुमार साहलाई सानो कप टौफिक र नगद १० हजार रुपैया सहित समान्न गरेका थिए ।
खेलाडीहरुको सम्मानमा देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साह, वडा सदस्य खुबलाल दास,गौरी शंकर पंडित, युवा नेता श्याम नन्दन साह, जसपाका नेता नन्दकिशोर यादव,समाजसेवी हरि राय यादव,मौलापुर एफ एमका समाचार प्रमुख सागर संगम ठाकुर, ईलाका प्रहरी कार्यालय देवाही गोनाहीकाे टोली लगायत करिब हजारौंको संख्यामा स्थानिय तथा खेलप्रेमीदर्शकहरुको उपस्थिती रहेको थियो ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान