मुकेश कुमार साह
रौतहट ७,माघ
निजि बिद्यालयका शिक्षकहरुको पेसागत दक्षता, क्षमता अभिवृद्धि रौतहटको चन्द्रपुरमा दुई दिने कार्यशाला गोष्ठि सुरु भएको छ । प्याब्सन चन्द्रपुरको आयोजनामा परिवर्तीत समय सापेक्ष शिक्षकहरुलाई पनि अद्यावधिक गराई क्षमता अभिबृद्धि गराउने उद्धेश्यले दुई दिने कार्यशाला गोष्ठि आयोजना गरिएको हो । कार्यशालामा नगरभित्रका प्याब्सन अन्तर्गत पर्ने १३ निजि तथा सामुदायिक बिद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ । कार्यशालाको समुद्घाटन पश्चात कार्यक्रममा बाल्दै प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेले निजी विद्यालयलाई समेत मुल प्रवाहमा समेट्दै विभेद रहित शिक्षा निति ल्याउन पहल गर्ने प्रतिबद्धता जनाए । चन्द्रपुरको ए.एन प्लाजामा जारी कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता जाहेर गरे ।
उनले आजको शिक्षाले नै बालबालिकाको भविष्य निर्धारण गर्नेहुदा विद्यालयको भौतिक मात्र नभएर नितिगत सुधार समेत आवश्यक रहेको जिकिर गरे । आवासिय विद्यालयको अवस्था समेत सन्तोष जनक नरहेको भन्दै विद्यालय र शिक्षाको नितिबारे समग्र नगरपालिका चिन्तित रहेको उनको कथन छ । मेयर काफ्लेले नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको स्तर उकास्नका लागि आवश्यक कदम चाल्ने बताउदै उचित सल्लाह, सुझाव दिन पनि शिक्षक तथा प्याब्सन प्रतिनिधीहरुलाई अनुरोध गरे ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्याब्सनका मधेश प्रदेश अध्यक्ष दिपक रेग्मिले समयसापेक्षा शिक्षा पद्धति परिमार्जन गर्दै जानुपर्नेमा जोड दिए । उनले शिक्षा प्रवाहमा शिक्षक नै मुल आधार भएकाले शिक्षकहरुमाथी बढि लगानीगर्नुपर्ने बताए ।
कार्यशालाको समुद्घाटन समारोहमा चन्द्रपुर नगरपालिकाका उपमेयर सरस्वती चौधरी, प्याब्सनका केन्द्रिय सचिव कुल बहादुर थापा, केन्द्रिय सदस्य शंकर साह लगाएत प्याब्सन अन्तर्गतका बिद्यालयका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । प्याब्सन चन्द्रपुरका अध्यक्ष लोक बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण माउण्ट एभरेष्ट आवाशिय विद्यालय चन्द्रपुरका प्रधानाध्यापक अच्युत हुमागाईले गरेका हुन् । कार्यशालामा पिएचडि होल्डर बासु सुवेदीले शिक्षकहरुलाई प्रशिक्षण दिईरहेका छन ।
More Stories
ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय आम दलित मोर्चाको केन्द्रीय कमिटी गठन
श्री मा.बी.कर्कच गूठीमा निर्वाचनको प्रक्रियाबाट बिधालय व्यवस्थापन समिति चयन हुने
शिवनगर अस्पतालला एक महिनामा २ सुत्केरी महिलाको मृत्यु, अवस्था तनावग्रस्त ।