July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा बलिदानी दिवसको अवसरमा सहिद परिवारलाई सहयोग

रौतहट ,माघ ०५ गते
रौतहटमा बलिदानी दिवसको अवसरमा सहिद परिवारलाई सहयोग गरिएको छ । वि.स. २०७२ सालको मधेस आन्दोलनमा जिल्लामा ३ जना साहदत प्राप्त गर्नु भएका सहिद परिवारलाई खाद्यान्न सहित विभिन्न सामानहरू सहयोग गरिएको छ ।

जिल्लाको ईशनाथ नपा वडा नम्बर ४ मटिआ महुलिया निवासी स्व. राजकिशोर ठाकुर, राजपुर नपा ६ बलुवा निवासी स्व.शेख मैनुदिन र परोहा नपा ३ तेजापाकड निवासी स्व.शम्स शेख तबरेज आलमका परिवारलाई सहयोग गरिएको हाे । वहाँहरूको घरको अवस्था धेरै दैनीय रहेको छ । मधेश प्रदेश सरकारले माघ ५ गते प्रदेशभरि बलिदानी दिवसको रूपमा आजको दिनमा सार्वजनिक बिदा दिएर विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ ।

मधेस सरकारले बलिदानी दिवस मनाइरहँदा सहि परिवारकाे मर्म बुझि जनता समाजवादी पार्टी नेपाल तत्कालीन विधार्थी नेता जिल्ला अध्यक्ष तथा फतुवा बिजयपुर नगरपालिका वडा नं ७ टेङ्गहा निवासी वैदेशिक रोजगारीको सिलसिलामा हाल बसोबास अमेरिकका गर्दै आइरहेका जयप्रकाश भाई मधेशीयाले खाद्यान्न सामग्री सहित विभिन्न सामाग्रीहरू सहयोग गरेका छन् ।

उनले प्रत्येक वर्ष आजकै दिन ती सहिदका परिवारलाई आफ्नो निजी रकमबाट खाद्यान्न सामाग्री लत्ताकपडा, छोराछोरीलाई पढाउनको लागि रकम लगायतको सहयोग उपलब्ध कुनै न कुनै माध्यमले गर्दै आइरहेका छन् ।

बिहीबारको अमेरिकाबाट पठाएको रकमबाट गतवर्षमा राहत दिने क्रममा सहिद राजकिशोर ठाकुरको श्रीमती र आमाबाबुले आग्रह गर्नुभएको थियो कि अब आउने बेला एउटा गैस चुल्हो, गैस सैलेण्डर ल्याइदिनु होला भनेको विषयलाई युवा नेता प्रकाश भाई मधेशियाले एक थान ग्यास, एक थान चुल्हो, एक बोरा चामल, पाँच केजी दाल, एक लिटर खानेतेल र एक थान ब्ल्याकेट उपलब्ध गराइएका छन् । त्यस्तै शेख मैनुदिन र शम्स शेख तबरेज आलमको घरमा समेत पुगेर एक बोरा चामल, पाँच केजी दाल, एक लिटर खानेतेल र एक थान ब्ल्याकेट उपलब्ध गराइएका छन् ।

सो राहत सामाग्री हस्तान्तरण गर्न उहाँको घरमा युवा पत्रकार अभिमनु कुमार पटेल, अरबिन्द कुमार यादव, हनुमत कुमार यादव, युवा नेता सतिश कुमार पटेल साथै समाजवादी विद्यार्थी युनियन रौतहटको अध्यक्ष धर्मेन्द्र यादव समेत पुगेको थियो ।