६ माघ, वीरगञ्ज ।
वीरगञ्जमा जारी प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगितामा शुक्रबार तीन वटा खेलमा जीवन ज्योति मावि, आदर्श मावि र साउथ जोन स्कुल विजयी भएको छ ।
साउथ जोन माविले विद्या सागर माविलाई ३५ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको साउथ जोनले १५ ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो ।
१ सय १६ रनको जवाफी लक्ष्य पछ्याएको विद्या सागरले १५ ओभर खेल्दा ९ विकेटको क्षतिमा जम्मा ८० रन मात्रै बनाउन सक्यो । ३४ बल खेलेर ४१ रन जोड्न सफल साउथ जोनका समिर आलम म्यान अफदी म्याच घोषित भए ।
सिदार्थ माविलाई ९५ रनले पराजित गर्दै आदर्श मावि विजयी भएको छ । टस जितेर सिदार्थले बलिङ रोजेपछि ब्याटिङ गरेको आदर्श माविले पुरै १५ ओभर खेलेर ३ विकेटको क्षतिमा १ सय ७० बनाएको थियो ।
सिदार्थ १ सय ७१ रनको जवाफी लक्ष्य सहित ब्याटिङमा उत्रिएको थियो । उसले १५ ओभर खेल्दा ८ विकेटको क्षतिमा ७५ रन मात्रै जोड्न सक्यो । २६ बलमा ३ चौका र २ छक्का सहित ३८ रन तथा ३ विकेट लिन सफल भएका आदर्शका क्रिस श्रीवास्ताव म्यान अफ दी म्याच घोषित भए ।
अल्पाईन स्कुललाई २० रनले पराजित गर्दैै जीवन ज्योति विजयी भएको हो । टस जितेर अल्पाईनले बलिङ रोजेपछि जीवन ज्योतिले पहिला ब्याटिङ गरको थियो । १५ ओभर खेलेर ४ विकेटको क्षतिमा जीवनज्योतिले १ सय ३८ रन बनाएको थियो ।
१ सय ३९ रनको लक्ष्य पछ्याएको अल्पाईन १४ ओभर एक बलमा १ सय १८ रनमै अलआउट भएको थियो । टि–२० क्रिकेट प्रतियोगिता भएपनि दैनिक तीन वटा खेल सञ्चालन गर्नुपर्ने भएकोले क्वाटरफाईनलसम्म १५ ओभरको खेल खेलाईने प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए ।
माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयले सहभागी जनाएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै