July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

शैक्षिक संस्था तथा सहकारी संस्थाहरु का लागि कम्प्युटर बितरण कार्यक्रम सम्पन्न।

पवन प्रसाद साह
वीरगंज, पर्सा

पर्सा जिल्लाको पर्सा गढी नगरपालिका मा शैक्षिक संस्था तथा सहकारी संस्थाहरु का लागि कम्प्युटर बितरण कार्यक्रम सम्पन्न भएको छ।

पर्सागढी नगरपालिका को नगर प्रमुख लोकनारायण यादव को प्रमुख अतिथि तथा बिशिष्ट अतिथि नगर उप प्रमुख अर्चना चौधरी को बिशेष उपस्थिती मा कम्प्युटर बितरण कार्यक्रम सम्पन्न भएको थियो।

पर्सा गढी नगरपालिका को नगर भित्र रहेका शैक्षिक संस्था तथा सहकारी संस्थाहरु लाइ १६ थान कम्प्युटर सेट बितरण कार्यक्रम गरिएको थियो।

कम्प्युटर बितरण गर्दै नगर प्रमुख लोकनारायण यादवले प्राविधिक युग भएका हुनाले कम्प्युटर बितरण गरिएको छ साथै कम्प्युटर को प्रयोग गरी प्राविधिक बिधालय बनाउन को लागि कम्प्युटर बितरण गरिएको बताउनुभयो साथै कम्प्युटर लाइ प्रयोग गरी ब्यवहार मा उतार्न समेत आग्रह नगर प्रमुख यादव ले आग्रह गरेका थिए।

साथै नगर उप प्रमुख अर्चना चौधरी ले कम्प्युटर बितरण गर्दै कम्प्युटर बाट धेरै कुराहरु सिक्न पाइन्छ र कम्प्युटर प्रविधिको युग भएका हुनाले उत्क कम्प्युटर बितरण गर्न लागेको बताउनु भयो।

कम्प्युटर बितरण कार्यक्रम मा सहभागी शिक्षकहरुले आ आफ्नो मन्तव्य राखेका थिए । मन्तव्य का क्रममा बिधालय मा भौतिक पूर्वाधार को कमि कमजोरीहरु को बारेमा शिक्षकहरुले धारणा राखेका थिए।

त्यसै क्रममा सहकारी संस्था का प्रतिनिधिहरू ले नगरपालिका ले कम्प्युटर बितरण गर्न लागेको मा हामि धेरै खुसी छौ साथै बिच बिचमा सहकारी संस्था समबन्धि कार्यक्रम को तालिम संचालन गर्न नगर प्रमुख लाइ आग्रह गरेका थिए।

उत्क कम्प्युटर बितरण कार्यक्रम नगर प्रमुख लोकनारायण यादव को प्रमुख अतिथि तथा बिशिष्ट अतिथि नगर उप प्रमुख अर्चना चौधरी लगायत नगर सहकारी प्रमुख,नगर योजना प्रमुख प्रदिप चौरसिया लगायत नगरपालिका का कर्मचारी तथा पत्रकार राहुल कुमार गुप्ता,पवन प्रसाद साह लगायतको उपस्थिति रहेको थियो।