रौतहट,पौष ०४ गते
रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको हिमालिबासमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रिपरले किचेर मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय फतुवा बिजयपुरले जनाएको हो ।
ना ८ ख ४२०२ नम्बरको ट्रिपरले आइतबार राती ९ः१५ ब
बजेको समयमा बा ३० प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक फतुवा बिजयपुर वडा ९ लक्ष्मीनिया बस्ने अन्दाजी ५० वर्षिय पुरूष खेदु चौधरीको घटनास्थलमै मृत्यु ईप्रका बिजयपुरका ईन्सपेक्टर बिष्णु बिकले जानकारी गराउनु भयो ।
ट्रिपरको चालक फरार रहेको र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको हो । मृत्कको शव पोष्ट मार्टमका लागि जिल्ला सरकारी अस्पताल गौरमा पठाईएको र थप अनुसंधान भईरहेको ईन्सपेक्टर विकले जानकारी गराउनु भयो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय