July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गरुडामा प्रअ सरूवाको बिसय लिएर विरोध प्रदर्शन

गरुडा,पुस २१ गते
रौतहटको मध्य भागमा रहेको गरुडामा बिधार्थीहरूले प्रधानाध्यापक सरूवाको विषयलाई लिएर विरोध प्रदर्शन गरेका छन् । श्री नमूना माध्यमिक बिधालय गरूडाका प्रधानाध्यापक प्रभु राउत र श्री मावि श्रीपुरका प्रधानाध्यापक रामअधार पासवानको सरूवा गर्न पाँइदैन् लगायतका नारा लगाउँदै नगरपालिकाको कार्यालय अगाडि पुगेर बिधार्थीहरूले नारावाजी गरेका थिए । दुवै बिधालयका बिधार्थीहरुले अलग अलग प्रदर्शन गरेका थिए ।

स्मरणीय होस् केही दिन अघि गरूडा नगरपालिकाको शिक्षा शाखाले कार्यपालिकाको निर्णय अनुसार ३ जना प्रअ र २ जना सहायक प्रअको सरुवा गरेको छ । शिक्षा शाखाले कार्यपालिकाको निर्णयलाइ कार्यान्वयन गरेको बताउँदै आएको छ । तिन वटा बिधालयहरु श्री मावि गरुडा,श्री मावि श्रीपुर र श्री मावि जिंगडियाका प्रधानाध्यापक लाइ सरुवा गरिएको शिक्षा संयोजक सुबोध चौधरीले जानकारी गराएका थिए ।

प्रअ राउतले आफनो सरूवा सरूवा बदर गर्न नि.प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादवलाई पत्र बुझाएका थिए भने बुधबार अभिभावकहरूले नगरप्रमुख कन्थमनी जयसवाललाई यस विषयमा ध्यानाकर्षण गराएका थिए ।
यता गरुडा नागरपालिकाले शिक्षक सरुवा बिरुद्ध सरुवा बदर गर्न श्री मावि श्रीपुरका बिधार्थीहरुले प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादव लाई ज्ञापन पत्र बुझाएका छन् ।
यस विषयमा गरुडा नगर भित्रका बिभिन दलका नेता , समाजिक अभियन्ता, अभिभावक बिच छलफल भइ विधार्थीहरु द्वारा समेत गरिएको आन्दोलनको मर्म लाई बुझदै बिधालयको पक्षमा निर्णय लीने विषयमा ब्यापक छलफल भएको छलफलमा सहभागी एक नेताले जानकारी गराएका छन् ।