रौतहट पुस २१ गते
नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्र बाट खटी गएको प्रहरी सहितको टोलीले बिधुत चुहावट गर्ने मोटर पक्राउ गरेको छ । बिधुत चुहावट गरिहेको सो सामान जफत गरेको हो ।
बिधुत चुहावट बढेको भन्दै सुचना आउन थाले पछि प्राधिकरण मौलापुर प्रमुख अरुण कुमार साहले त्यस्तालाइ कार्यवाही गर्ने बताउँदै चुहावट नियन्त्रण टोलीलाइ खटाएका हुन् । प्रहरी र विधुत प्राधिकरणको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सो टोली मौलापुर वितरण केन्द्र अन्तर्गतको फतुवा बिजयपुर नपाको विभिन्न गाउँमा पुगेको थियो । चुहावट नियन्त्रण टोलीले सो स्थानहरु बाट हुकिङ गरी सिँचाइ गरिरहेको अवस्थामा ८ थान मोटर नियन्त्रणमा लिएको नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख साहले जानकारी गराएका हुन् । मोटर जफत गरी आवश्यक कारवाहीको प्रकृया अगाडि बढाइएको उनले बताएका हुन् । बिधुत चुहावट नगर्न नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रले सबैमा अनुरोध गरेको छ ।
दुइ दिन अघि पनि मौलापुर वितरण केन्द्रबाट खटिएका कार्यालयको टोलि तथा प्रहरी प्रशासनको सहयोगमा डाईरेक्ट हुकिङ गरी सिँचाइ गरिरहेको अवस्थामा विभिन्न ठाउँबाट १२ थान मोटर जफत गरी आवश्यक कारवाहीको प्रकृया अगाडि बढाइएको थियो ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान