रामप्रवेश बैठा,पाैष ०५ गते
बारा जिल्लाकाे सिम्राैनगढ नगरपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । अहिले अत्याधुनिक सुविधा सम्पन्न भवनको ढलानको कामले तिब्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो चाैथाे वर्षमा सिम्राैनगढ नगरपालिकाको ‘सिंहदरबार’ अन्तिम चरणमा पुगेको छ ।
काठमाण्डौको सिंहदरबार संघीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । जनतालाई सेवा सुविधामा सरलता प्रदान गर्नका लागि अहिले स्थानीयतहमा धमाधम प्रशासनीक भवनहरु ठडिन थालेका छन् । जसमध्ये सिम्राैनगढको केन्द्र सिम्राैनगढ बजारमा प्रशासनिक भवनको निर्माण अहिले अन्तिम चरण्मा पुगेको सिम्राैनगढ नगरपालिकाले जनाएको छ । उक्त भवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न भवन हुने बताईएकाे हाे ।
अहिले अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनको कामले तिब्रता पाएको र हाल सम्म अधिकांश काम सम्पन्न भइसकेको सिम्राैनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालले जानकारी दिनुभयो ।
सम्पूर्ण सेवा तथा पालिकाका अन्य शाखा सञ्चालनका लागि अत्यन्तै सहजहुने प्रशासकीय अधिकृत जयसवालले बताउनुभयो । आइतवार सिम्राैनगढ नगरपालिकाका प्रशासकिय अधिकृत जयसवाल, ईन्जिनियर सहितकाे टाेली अनुगमन गर्न पुगेकाे थियाे ।
More Stories
प्रभु साहको प्रश्न, ‘साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा वीरगंजबासी बाचिरहदा सरकार किन मौन ?’
२१ औ शताब्दीको कार्यकर्ताले नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् : प्रभु साह
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको छ : प्रभु साह