July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट,१० गते पुस

रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ सितलपुरका किसानलाइ सहज सिंचाई पुर्याउन वडा अध्यक्ष अनिरुद्ध राय यादव उर्फ संजयले वर्षाैदेखि बन्द रहेको पैनीलाई जिर्णोद्धार गराईरहेका छन् । । सितलपुरको टेह्रा पट्टी चौरीतिर स्थानीयस्तरमा परापूर्वकालदेखि अरुवा नदी बाट जलस्रोतको उपयोग गरी किसानहरू आफैंले सिँचाइको व्यवस्था गर्ने गरेका थिए । उक्त नदी बाट पैनी निर्माण गरी खेतमा सिंचाइ गर्ने गरेका थिए ।

हाल त्यो पैनीलाइ स्थानियहरु माटोले पुरेपछि सिंचाइमा अवरुद्ध भएको थियाे । त्यसकै मध्य नजरगरी पैनी उत्खनन गराउन लागेका हुन् । उक्त पैनी पुरिए पछि धान,मकैं,गहुँ लगायतकाे बालीनालीमा पानी पटाउन समस्या भईरहेकाे थियाे ।

त्यही पैनी पुनः सञ्चालन गराउन वडा अध्यक्ष यादव सहितको स्थानिय कृषकहरुको टोलीले अनुगमन तथा निरिक्षण गरेका थिए । उक्त क्षेत्रमा सिँचाई नहुँदा किसानहरु आकाशे पानीको मात्रै भर पर्ने गरेका थिए । तर, त्यो पनि समयमा वर्षा नहुँदा समस्या हुने गरेको थियाे ।

सिँचाई नभएकै कारण सितलपुरको उक्त क्षेत्रका किसानहरु चिन्तित हुने गरेका थिए । सिंचाई अभावका कारण खेती किसानीमा समस्या हुने गरेको स्थानियहरुले बताएका थिए ।

सो क्षेत्रमा सिंचाई पुर्याउन र पैनी सञ्चालन अगामी अर्थिक वर्षमा जसरी पनि गराउने वडा अध्यक्ष यादवले स्थानिय किसानहरु लाइ आसवासन दिएका थिए । किसानलाई दिएकाे आसवासन पुरा गरेका छन् ।

वषौं पहिले सञ्चालनमा रहेको र हाल त्यो पैनी जिर्ण अवस्थामा पुगेको बताउँदै वडा अध्यक्ष यादवले उक्त पैनीलाइ जिर्णोद्धार गरेकाे बताए । आफनो वडाको किसानसम्म सहज सिंचाई पुर्याउनका लागि हर सम्भव प्रयास गर्ने बताउनुभयो ।