हनुमत कु.यादव,रौतहट ०३ गते पुस
जिल्लाको राजदेवी नगरपालिका द्वारा आयोजित र राजदेवी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा भईरहेको मेयर कप २०७९ मा मुडवलवाले शानदार जित हासिल गरेका छन् ।
मेयर कपको आज चौथो खेल राजदेवी न. पा. वडा नं ७ मुडवलवा र वडा नं ४ बतसपुर बिच खिलिएको थियो । बतसपुर टिमका कप्तान रिसभ झा र मुडवलवा टिमका कप्तान दिपेस यादव रहेका थिए । मुडवलवा ले टॉस जिती पहिलो फिल्डिङ्ग गर्ने निर्णय गरेको थियो ।
पहिलो पारीमा बौटिङ्ग गर्दै बतसपुरले १७ ओभर खेली १८ औ ओभर खेल्दौ १० विकेट गवाई ९४ रन जोडेका थिए । मुडवलवा टिमको तर्फ बाट राकेश यादव ३ विकेट र सितेस यादव ३ विकेट लिएका थिए । जबाबी पारीमा ९५ रनको लक्ष्य लाई पक्षयाउदै मुडवलवा टिमले ८.३ ओभरमा जित हासिल गरेका थिए ।
ओपनिंग गर्न उतरेका राकेश यादव नबाद सर्वाधिक ७६ रन र सितेस यादवले आफ्नो टिमको लागी २२ रन जोडेका थिए । ओपनिंग गर्न गएका सलामी जोडिले नै जित हासिल गरेका थिए ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र