राम प्रबेश बैठा ,राैतहट,पुस ०३ गते
राैतहटकाे फतुवा बिजयपुरमा रहेकाे एक बिधालयकाे कामकाज प्रभावित भएको छ । साे नगरपालिकाकाे वडा नम्बर २ सितलपुर स्थित रहेकाे श्री माध्यमिक बिधालय सितलपुरका तत्कालीन प्रधानाध्यापक श्रीनारायण साहले तीन महिना बिति सक्दा पनि बरबुझारत नगर्दा बिधालयकाे कामकाज प्रभावित भएको छ ।
तीन महिना अघि श्री मावि सितलपुर बाट सरूवा भई श्री दलित प्राथमिक बिधालयमा प्रधानाध्यापककाे जिम्मेवारी सम्हालेका थिए । तर वहाँले अहिलेसम्म बिधालयकाे हरहिसाब बुझाएका छैनन् । हरहिसाब नबुझाउँदा बिधालयकाे कामहरू अगाडि बढन सकेकाे छैन् ।
यस विषयमा श्री दलित प्राविका प्रधानाध्यापक श्रीनारायण साह सँग साेध्दा आफू बरबुझारत गर्न तयार रहेको र छिट्टै बिधालयमा आएका अहिलेका प्रधानाध्यापक बुनिलाल यादव लाई बुझाउने प्रतिक्रिया दिएका छन् ।
यस विषयमा वर्तमान वडा अध्यक्ष बुनिलाल यादवले हरहिसाब नबुझाउदा दैनिक कामकाज समेत प्रभावित बनेकाे बताए ।
साे वडाका वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजय सँग बुझदा प्रअ साहलाई बारम्बार ताकेता गर्दा पनि बरबुझारत नगरेकाे र अब पनि हरहिसाब नबुझाए कानुन सम्मत जाने बताएका छन् ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।