July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटकाे फतुवा बिजयपुर १ बैरगनियाकाे आधारभूत स्वास्थ्य सेवा केन्द्र एक जना स्वास्थ्यकर्मीकाे भरमा चल्दै

राैतहट,पुस ०३ गते
राैतहट जिल्लाकाे फतुवा बिजयपुरमा रहेको एक स्वास्थ्य संस्था एक जना कर्मचारीहरूकाे भरमा सञ्चालन भईरहेकाे पाईएकाे छ । साे नगरपालिकाकाे वडा नम्बर १ मा रहेकाे श्री आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्यकर्मी कर्मचारीकाे अभाव रहेको छ ।

स्वास्थ्यकर्मीकाे अभाव हुँदा सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ । स्वास्थ्यकर्मीकाे अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ। बैरगनियामा रहेकाे साे स्वास्थ्य संस्थामा एक जना करारका कर्मचारी प्रदिप साह कार्यरत हुनु हुन्छ । अहिले वहाँ कार्यालय प्रमुख देखि कार्यालय सहयोगी सम्मकाे काम गर्नु हुन्छ । वहाँलाई कतै जानुपर्याे भने अस्पताल बन्द गरेरै जानू पर्ने बाध्यता छ ।

गत मंसिर १४ गते देखि पुस ०२ गते सम्पन्न साे आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द नै रहेको थियाे । यति दिन सम्म सेवाग्राहीहरू सेवा लिन बाट बञ्चित थिए । स्वास्थ्य संस्था व्यावस्थापन पनि गरिएको छैन् । दुई वटा काेठहरू भाडामा लिएर आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको छ । त्यसमा पनि केही सुविधाहरू छैन् ।

यस विषयमा स्वास्थ्य संयाेजक रघुनाथ साह सँग बुझदा कर्मचारी अभाव बारे आफूले नगरपालिका लाई खबर गरिसकेको बताए । तर अहिलेसम्म व्यवस्थापन हुन नसकेको गुनासो गरे ।

यता साे वडाका वडा अध्यक्ष बिजय यादव सँग साेध्दा कर्मचारी अभावकाे समस्या स्विकार गर्दै समस्या समाधानका लागि आफूले पहल गर्ने बताए । रहेको एक स्वास्थ्य संस्था एक जना कर्मचारीहरूकाे भरमा सञ्चालन भईरहेकाे पाईएकाे छ । साे नगरपालिकाकाे वडा नम्बर १ मा रहेकाे श्री आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्यकर्मी कर्मचारीकाे अभाव रहेको छ ।

स्वास्थ्यकर्मीकाे अभाव हुँदा सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ । स्वास्थ्यकर्मीकाे अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ। बैरगनियामा रहेकाे साे स्वास्थ्य संस्थामा एक जना करारका कर्मचारी प्रदिप साह कार्यरत हुनु हुन्छ । अहिले वहाँ कार्यालय प्रमुख देखि कार्यालय सहयोगी सम्मकाे काम गर्नु हुन्छ । वहाँलाई कतै जानुपर्याे भने अस्पताल बन्द गरेरै जानू पर्ने बाध्यता छ ।

गत मंसिर १४ गते देखि पुस ०२ गते सम्पन्न साे आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द नै रहेको थियाे । यति दिन सम्म सेवाग्राहीहरू सेवा लिन बाट बञ्चित थिए । स्वास्थ्य संस्था व्यावस्थापन पनि गरिएको छैन् । दुई वटा काेठहरू भाडामा लिएर आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको छ । त्यसमा पनि केही सुविधाहरू छैन् ।

यस विषयमा स्वास्थ्य संयाेजक रघुनाथ साह सँग बुझदा कर्मचारी अभाव बारे आफूले नगरपालिका लाई खबर गरिसकेको बताए । तर अहिलेसम्म व्यवस्थापन हुन नसकेको गुनासो गरे ।

यता साे वडाका वडा अध्यक्ष बिजय यादव सँग साेध्दा कर्मचारी अभावकाे समस्या स्विकार गर्दै समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।