काठमाडौं = अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई जस्ताको तस्तै संसद्बाट पारित नगर्न सुझाव दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा विभिन्न दलका प्रतिनिधिहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो सुझाव दिएका छन्।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका थिए। त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि संशोधनविना अगाडि बढाउन नसकिने धारणा राखेका थिए। जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राखेका थिए।
नेपाल मजदुर किसान पाटी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेको सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले जानकारी दिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको थियो।
बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पूर्वसहमहामन्त्री रामशरण महत, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उपस्थित थिए।
नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ बैठकका लागि बालुवाटार पुगेका थिए।
यस्तै नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव बेदुराम भुसाल बैठकमा सहभागी थिए।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र सर्वेन्द्रनाथ शुक्लाका साथै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट र नेमकिपाका महासचिव प्रेम सुवाल सर्वदलीय बैठकमा सहभागी छन्।
साउन ३ गतेदेखि एमालेले सुरू गरेको संसद् अवरोध अझसम्म पनि कायमै छ।
More Stories
रौतहटको गरुडा नगरपालिका यसै आर्थिक वर्षमा आफनै प्रशासकिय भवनमा सर्ने :- नगर प्रमुख जयसवाल
प्रभु साहको प्रश्न, ‘कार्यालय सहयोगी, ड्राइभर, स्विपर, माली लगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ता किन नगरेको ?’
भ्रष्टाचारीलाई खबरदारी गर्न दलाल दलतन्त्र बिरुद्ध आजपाले चैत २४ गते काठमाडौंमा विशेष प्रदर्शन गर्दै